नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं। शुक्रवार बिहान ८ बजे नारायणगढ–मुग्लिन सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् ।

निरन्तरको वर्षाका कारण पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ । तर पहिरो पन्छाउनका लागि आवश्यक समन्वय भइरहेको बताइएको छ । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *