काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बस्ने बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो । तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो ।
बैठक भदौ १७ गते शुक्रबार अपराह्न २ः५९ बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो । उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाउनुभएको थियो ।