नेप्से १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा झर्यो

काठमाडौं। आज (शुक्रबार) पनि सेयर बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा झरेको छ ।

सेन्सेटिभ परिसूचक ०.७४ अंकले घटेर ३ सय ८३ रूपैयाँ २० पैसामा झरेको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ । २१९ वटा कम्पनीको १८ लाख १ हजार २ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९८ करोड ८ लाख ५ हजार ९ सय ५१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *