केपी ओलीका अपराध जनतामाझ लैजानुपर्छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीका अपराधहरु जनतामा लैजानुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजानुपर्ने बताएका हुन् ।

केपी ओलीका अपराधहरु के के हुन्, जति छन् त्यो तयार गरेर हामीले जनताको माझमा लैजानुपर्छ । भ्रष्टाचार, राष्ट्रघात, जनविरोधी काम, अनुचित कामसँग जोडिएका, कम्युनिस्टहरुको आचरणसँग मेल नै नखाने, आदर्शसँग मेल नै नखाने, त्यस्ता खालका, उनले भने ।

पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न पनि उनको आग्रह थियो । उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनु पर्ने बताए ।
उनले बैठकको क्रममा केपी ओलीलाई झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने नेताको रुपमा चित्रित गरेका थिए । उनले भनेका थिए ‘एउटा कुरा त हामीले बुझेका छौं, केपी ओली झुटो बोल्न माहिर छन् । उनले जे पनि भनिदिन सक्छन् ।’ अध्यक्ष नेपालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us