काठमाडौं । युवा संघ नेपालको महाकाली मेची राष्ट्रिय जागरण अभियान कर्णाली प्रदेशको प्रादेशिक राजधानी सुर्खेतको वीरेन्द्रनगर /कोहलपुर हुँदै लम्की, दाङ तर्फ अघि बढेको छ ।
अभियानलाई सुर्खेतमा ५ सय बढीको मोटरसाइकलको र्यालीले स्वागत गरेको थियो । भेरी पुलबाट सुरु भएको मोटरसाइकल र्यालीले स्वागत गरी सुर्खेत बजार परिक्रमा गरि मङलगढी चोकमा कोण सभा गरेको थियो।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हस्त शाही र कर्णाली अध्यक्ष अमर थापा, युवा संघ प्रदेश अध्यक्ष अनिल बोगटी , प्रदेश सहइन्चार्ज जेबि राना, युवा संघ नेपालका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले सम्बोधन गर्नुभएको थियो ।
अभियानको टोली लगत्तै बाँकेको कोहलपुरमा फर्केर कोर्न सभा सम्पन्न गरेका थिए । सभालाई युवा संघका सचिव आदि न्यौपाने, पार्टीका बाके इन्चार्ज असोक कोरालाले सम्बोधन गरेका थिए ।
कार्यक्रम सम्पन्न लगत्तै अभियान लमही तर्फ जाने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राईले बताए । युवा संघ नेपालको अध्यक्ष नरेश शाहीको नेतृत्वमा रहेको महाकाली/मेची जागरण अभियान भदौ १५ देखि २३ गते सम्म हुने संघका सचिब भेषराज शाहले जानकारी दिए ।