मधेश प्रदेशमा चुनावी रणनीति बनाउँदै अध्यक्ष नेपाल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्थानीय तहको चुनावी रणनीति बनाउन मधेश प्रदेश पुग्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित राजनीतिक शास्त्री संघ र वाग्मती प्रदेशको बैठकलाई निर्वाचन केन्द्रित सम्बोधन गरेर अध्यक्ष नेपाल मधेश प्रदेशको राजधानी जनकपुर पुग्नुभएको हो ।

जनकपुरमा अध्यक्ष नेपालले पार्टीको मधेश प्रदेश कमिटीको बैठकलाई निर्देशन दिनुका साथै मधेश प्रदेशका पालिका र वडा तहसम्म तय गरिने निर्वाचन रणनीतिका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । बुधवार बेलुकीबाटै अध्यक्ष नेपालले मधेश प्रदेशका नेताहरुसँग पछिल्लो राजनीतिक अवस्था र निर्वाचन तयारीसम्बन्धी छलफल गर्नुभएको छ ।

साथै विभिन्न बुद्धिजीवि र अन्य राजनीतिक दलका स्थानीय नेताहरुसँग भेटेर अध्यक्ष नेपालले समसामयिक विषयबारे घनीभूत छलफल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us