काठमाडौं। भारतीय सेना प्रमुख मनोज पाण्डे पाँचदिने औपचारिक भ्रमणका क्रममा पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित आइतबार काठमाडौं आउनुहुने भएको छ । भारतले अग्निपथ योजना लागू गरेसँगै भारतीय सेनामा नेपाली गोर्खा भर्ती रोकिएको बेला उहाँको भ्रमण हुन लागेको हो ।
नेपाली सेनाको मानार्थ महारथीका रूपमा सुशोभित हुने कार्यक्रमका लागि उहाँ आउन लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री र प्रधान सेनापतिसँग भेटवार्ता गरि अग्निपथ योजना र गोर्खा भर्तीबारे छलफल गर्ने बताइएको छ ।