टिकटक बनाउने क्रममा लडेर केसीको मृत्यु

काठमाडौं। टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङको तुलसीपुर वडा नम्बर ५ का ३४ वर्षीय नवीन केसीको मृत्यु भएको छ। शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ३ साततलेको भिरमा टिकटक बनाउने क्रममा केसीको लडेर मृत्यु भएको हो।

टिकटक बनाउन लाग्दा खोल्सामा खसेर गम्भीर घाइते भएका केसीलाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। उनको हिजो राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us