सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा आज पनि बस्दैछ। सोमबार दिउँसो १ बजे कार्यदल बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

यसअघि आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर ठोस सहमतिमा पुग्न सकेन।अझै केही दिन सिट बाँडफाँटबारे छलफल गर्नुपर्ने देखिएको कार्कीले बताउनुभयो । 

प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे बैठकमा छलफल भइरहेका छन्। आफूले दाबी गरेकोभन्दा सिट संख्या घट्नुपर्ने भएकोले भागबन्डा मिलिसकेको छैन।

कार्कीका अनुसार अब दुई दिनभित्रमा सिट बाँडफाँट टुंगिने गरी छलफल भइरहेका छन्। कार्यदलमा सहमति गरेर प्रतिवेदन शीर्ष नेतालाई पेश गर्ने तयारी छ। न्यायोचित, सम्मानजनक र सबै दलको सहमतिमा सिट बाँडफाँट गरिने उहाँको भनाइ थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *