धनुषाबाट रघुवीर महासेठ दम्पती उम्मेदवारमा सिफारिस

जनकपुरधाम । नेकपा एमाले धनुषाले प्रतिनिधि सभाको ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवारमात्रै छनौट गर्न सकेको छ । 

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ र ३ बाट महासेठ दम्पतीलाई प्रत्यक्षमा सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ बाट प्रत्यक्षमा नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठलाई र क्षेत्र ३ बाट पोलिटव्युरो सदस्य जुलीकुमारी महतोको नाम एकल सिफारिस भएको छ । 

पार्टीको सम्बन्धित क्षेत्रीय कमिटीहरुको आइतबार बसेको बैठकले महासेठ दम्पतीको नाम सिफारिस गरिएको नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताउनुभयो । क्षेत्रहरुमा उहाहारु वाहेक कसैले इच्छा नराखेको पनि यादवले जानकारी दिनुभयो ।  पूर्वमन्त्री समेत रहनुभएका महतो नेता महासेठका धर्मपत्नी हुनुहुन्छ । 

क्षेत्र नम्बर ३ र ४ बाट प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरिए पनि समानुपातिक तर्फका नाम अझै सिफारिस हुन नसकेको यादवले बताउनुभयो । पार्टीले भदौ २२ गतेसम्म सिफारिस गर्न समय दिएकोले अहिले बाँकी क्षेत्रीय कमिटीहरुको उम्मेदवार छनौटको विषयमा छलफलमै रहेको उहाँले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us