तोलामा एकसय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। हिजोको तुलनामा सोमबार सुनको मूल्य तोलामा एकसय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एकसय रुपैयाँले बढ्दै ९३ हजार ७ सय रुपैयाँ पुगेको हो ।


यस्तै तेजावी सुनको मूल्य पनि आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us