युवासंघको मेची युवा जागरण अभियान नवलपुर तर्फ

नवलपरासी । युवा संघ नेपालद्वारा आयोजित महाकाली मेची युवा जागरण अभियान पाँचौं दिन नवलपरासीको बर्दघाटमा सभा गरेर नवलपुर तर्फ लागेको छ । सोमबार बिहान ७ बजेबाट सुनवल हुँदै अभियान नवलपरासीको बर्दघाट पुगेको छ ।

अभियानमा नेकपा ९ एकीकृत समाजवादी ० का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सन्देश मूलक पर्चा समेत वितरण गरिएको थियो । कार्यक्रममा युवा संघका नेताहरू प्रकाश भट्टराई, अशोक दाहाल र पार्टी नेताहरू यज्ञ खनाल, बृहस्पति अधिकारी लगायतले करिव ४ सय बढीको जनसहभागिताको कोण सभालाई सम्बोधन गर्नुभएको थियो ।

टोली आजै दुम्किवास ,आरुङ खोला ,कावासोती ,दलदले हुँदै नारायणगढ पुग्ने कार्यक्रम रहेको युवा संघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले बताउनु भयो । अभियानमा सांस्कृतिक कार्यक्रम नृत्य समेत प्रस्तुत गरिएको थियो ।
‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको छ । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ ।

‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघका अध्यक्ष नरेश शाहीले अभियानको नेतृत्व गर्नुभएको छ । भाद्र १५ गते महाकाली नदीमा स्नान गरेर सुरु गरिएको युवा जागरण अभियान भाद्र २३ गते मेची नदीमा पुगेर टुंगिने युवा संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us