काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । नेकपा एकीकृत समाजवादीको सचिवसमेत रहनु भएका राईको आमा धनकुमारी राईको ८४ बर्षको उमेरमा निधन भएको हो ।
विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उहाँको मृत्युप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।