स्थानीय निर्वाचनको तालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय निर्वाचनको तालिका सार्वजनिक गरेको छ।

आयोगको तालिका अनुसार ११ र १२ वैशाखमा उमेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवार विरुद्ध उजुरी र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम रहेको छ।

१७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। ३० वैशाख बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ।

आयोगले २७ वैशाख राति १२ बजेपछि, मतदान हुनु ४८ घण्टा अगाडिबाट मौन अवधी शुरु हुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us