भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री देउवाबीच आज शिष्टाचार भेट 

काठमाडौं । भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डे र  प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज शिष्टाचार भेट हुने भएको छ ।

अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उहाँले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।  पाँच दिने भ्रमणका क्रममा पाण्डेले त्यसअघि आज बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । 

यस्तै उहाँले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको समेत भ्रमण गर्ने कार्यक्रम छ । आज साँझ उहाँ पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम पनि तय भएको छ । पाण्डेलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us