२१.१६ अंकले घट्यो नेप्से

काठमाडौं। आज मंगलबार नेप्से परिसूचक २१.१६ अंकले घटेर १९५१.८४ अंकमा आइपुगेको छ। परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ। आइतबार नेप्से ६.६८ अंकले बढेकोमा सोमबार ४.२९ अंकले घटेको थियो।

सोमबार २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँमा खरिदबिक्री भएको थियो। आज २२७ कम्पनीको ३२ लाख ९ हजार ९८३ कित्ता सेयर १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६१३ रुपैयाँमा खरिदबिक्री भएको छ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर ९.६८ प्रतिशत बढ्यो। सानिमा माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाए। यस कम्पनीको सेयर ७.३२ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा हिमालयन एभरेष्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड १४ लाख बढीको कारोबार भयो।कारोबारमा आएका १३ समूहमध्ये मेचुअल फन्डबाहेक सबै परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us