काठमाडौं । राष्ट्रियसभाले कारागार विधेयक २०७९ पारित गरेको छ ।
मंगलबार बसेको सभा बैठकले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक पारित गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले राखेको कारागार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।