सत्तारुढ गठबन्धन भित्र सिट बाँडफाँड पेचिलो बन्दै गएको छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र सिट बाँडफाँड पेचिलो बन्दै गएको बताउनुभएको छ । 

पार्टीनिकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँड सम्भव हुने या नहुने भन्ने प्रश्न यथावत रहेको बताउनुभयो । 

तर आफ्नो पार्टीले त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको उहाँको भनाइ थियो ।  अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवार जिताउने गरी संगठन परिचालनमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, ‘अब हामीले चुनावमा लाग्नुछ। चुनावका लागि नै संगठन बनाउनु छ। संगठन परिचालन गर्नुपर्नेछ। काठमाडौं र सदरमुकाममा बस्ने होइन। अब बस्तीबस्ती जाने हो। को उठ्यो ? ठूलो कुरा होइन। हाम्रो पार्टीका कलम चिन्हका उम्मेदवार उठे, उठेनन् ? हामीले समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौँ ।  

उहाँले गठबन्धनसँग तालमेल गरेर आफूहरु अघि बढिरहेको पनि बताउनुभयो । तालमेल गर्दै जाने क्रममा सिट बाँडफाँटको विषय भने पेचिलो बन्दै गएको उहाँको भनाइ थियो ।   तर जुनसुकै अवस्थामा पनि नेपालको राजनीतिमा समाजवादीको हैसियत र सामर्थ्य वृद्धि गर्न समर्पित हुन पनि निर्देशन दिनुभयो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *