काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाको सिट संख्या र निर्वाचन क्षेत्र बुधबार टुंगिने बताउनुभएको छ ।
मंगलबार धनगढी पुग्नुभएका अध्यक्ष दाहालले कांग्रेस ८० सिटमा सहमति नजिक पुगेको दाबी गर्नुभयो । त्यसमा ६० सिट माओवादी केन्द्रले लिएर अरू दलले बाँकी सिटमा भागबण्डा गर्ने उहाँले बताउनुभयो ।
एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ माग गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । यी सबै विषयमा बुधबार शीर्ष नेताहरू बसेर टुंग्याइने उहााँको भनाइ छ ।
सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने उहाँले बताउनुभयो । आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नम्बर ३ बाटै उठ्ने उहाँको प्रष्टोक्ति थियो ।
पाँच वर्षको अवधिमा कुनै पनि सरकारले स्थिरता दिन नसकेको प्रचण्डले बताए। निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलुकलाई नयाँ गतिमा अघि बढाउने उहाँको भनाइ छ।