काठमाडौं महानगरपालिकाद्वारा असन र इन्द्रचोकका सडकमा राखिएका सामग्री हटाउन चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ ।  यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो । 

तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *