काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ सय जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार जारी गरेको बिबरण अनुसार थप ४ हजार ५ सय ९० नमुना परीक्षण गर्दा ३ सय जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधीमा थप १ सय २४ जना निको भई डिस्चार्ज भएका छन्।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९९, ललितपुरमा १८ र भक्तपुरमा १ जना गरी उपत्यकामा १ सय १८ जना संक्रमित थपिएका छन्।त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५७ रहेको छ। त्यसैगरी आइसीयूमा ३५ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन्। पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।