काठमाडौं। एप्पलले आज बुधबार ‘फार आउट’ प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आईफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।
विशेषगरी आईफोनले आफ्ना उत्पादन प्रायः सेप्टेम्बर महिनामा सार्वजनिक गर्ने गरेको छ । सोही अनुरुप कम्पनीले आज नयाँ सिरिजका फोन सार्वजनिक गर्ने तयारी गरेको हो । फोन नेपाली समय अनुसार आज राति १०ः४५ बजे सार्वजनिक हुनेछ । उक्त कार्यक्रममा कम्पनीले आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । साथै एप्पल वाच सिरिज ८, एप्पल वाच प्रो र एयरपड्स प्रो २ सार्वजनिक हुने अपेक्षा गरिएको छ ।