साउनयता सुर्खेतमा ७१ जनामा डेंगु पुष्टि

काठमाडौं। साउनयता सुर्खेतमा ७१ जना नागरिकमा डेंगु संक्रमण पुष्टि भएको छ । खासगरी जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा डेंगुबाट संक्रमित हुनेको संख्या बढ्न थालेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कार्यालयमा कार्यरत प्रयोगशाला प्राविधिक (ल्याब टेक्निसियन) दयाराम पंगालीले भन्नुभयो, ‘वीरेन्द्रनगर नगरपालिकाका ६ वटा वडामा डेंगुका विरामी बढ्न थालेका छन् ।’ देशभर डेंगुका विरामी बढ्न थालेपछि कार्यालयले सुर्खेतका अस्पताल तथा स्वास्थ्यचौकीमा उपचारका लागि आएका विरामीको सर्वेक्षण गरेको थियो ।

सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल, सुर्खेत अस्पताल, देउती अस्पताललगायतका स्वास्थ्य केन्द्रहरुमा डेंगुका विरामी सम्पर्कका आएका थिए । वीरेन्द्रनगर नगरपालिका–१, २, ८, १० र ११ वडामा डेंगुका विरामीको चाप धेरै रहेको पंगालीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us