काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो वर्षदेखि इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिनुभएको छ।
इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौं महानगरपालिकाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले इन्द्र जात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र रहेको र यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धन गर्न काठमाडौ महानगरपालिकाले जावा अवलोकनका लागि देशभित्र बाहिरबाट पाहुना बोलाएको जानकारी दिनुभयो।
महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्राका औपचारिक कार्यक्रमहरु सुरु भइसकेका छन्। यसको एउटा विम्ब इन्द्रजात्रा क्याु पर्व हो। यसको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा सामाजिक पक्षको अन्तरघुलन अद्वितीय छ। धार्मिक सहअस्तित्व स्वीकार गरेर हिन्दू र बौद्ध धमावलम्बीले एउटै पर्वलाई आफ्ना आफ्ना विधिवाट मनाउनु दिएको सन्देश गहिरो रहेको शाहले बताउनु भयो।