११.९७ अंकले घट्यो नेप्से

काठमाडौं। बुधबारको कारोबारमा सेयर बजार परिसूचक १२ अंक घटेको छ। सेयर बजार परिसूचक लगातार तेश्रो दिन पनि घटेको हो। साताको पहिलो कारोबारमा सामान्य अंकले बढेको बजार परिसूचक सोमबारदेखि लगातार ओरालो लागेको छ। बुधबार कारोबारको सुरुवातबाटै क्रमशः ओरालो लागेको बजार अन्यसम्मै रह्यो।

साताको चौथो कारोबारको दिन बजार परिसूचक ११.९७ अंक घटेको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स १।७० अंक घटेर ३७७.३८ मा झरेको छ। १२ अंकले बजार घट्दा समग्र बजार परिसूचक १९३९.८८ मा झरेको छ। बजारसँगै कारोबार रकममा पनि भारी गिरावट देखिएको छ। मंगलबार १ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ८२ करोड ६२ लाख ३० हजार ५ सय ८३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै २९ लाख ४३ हजार ७ सय ६९ कित्ता सेयर २० हजार ४ सय ५२ पटकमा खरिद बिक्री भएको छ।

उप समूहतर्फ बुधबार म्यचुअल फण्ड ०।७८ प्रतिशत घट्दा बाँकी १२ समूहको सेयर मूल्य घटेको छ। सबैभन्दा बढी व्यापार समूह २।४३ प्रतिशतले घटेको छ।

बुधबारको कारोबारमा ३१ कम्पनीको सेयर मूल्य बढ्दा बाँकी १ सय ४७ कम्पनीको सेयर मूल्य घटेको छ। सनराइज फस्ट म्युचअल फण्ड, अपर हेवाखोला हाइड्रो पावर कम्पनी, लक्ष्मी उन्नत कोष, सानिमा लार्ज क्याप लगायतका कम्पनीको सेयर बढी कमाउनेमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *