काठमाडौं महानगरपालिकाभित्रका भवनहरुलाई ९० दिनभित्र नक्सा पास गर्न निर्देशन 

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीवार सार्वजनिक सूचना जारी गर्दै ९० दिनभित्र नक्सा पास नगरिएका भवनहरुलाई नक्सा पास गर्न निर्देशन दिएको छ । महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ३ महिनाभित्र नक्सा पास गर्न सुचना जारी गरेको हो ।

महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र नक्सा पेश गरी नक्सा स्वीकृत गर्न आग्रह गरेको छ । तोकिएको समयभित्र नक्सा पेश नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार ऐन २०७४ र प्रचलित भवन निर्माण मापदण्ड, संहिता, कार्यविधि र कार्यालयको निर्णय बमोजिम कारबाही गरिनेसमेत महानगरको शहरी व्यवस्थापन विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *