सन्दीप लामिछानेद्वारा कानुनी सहयोगका लागि क्यानसँग आग्रह

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बलात्कार आरोपको मुद्दामा कानुनी सहयोगका लागि क्यानसँग आग्रह गरेका छन् । क्यानका कार्यबाहक प्रशिक्षक प्रशान्तविक्रम मल्लकाअनुसार सन्दीपले आफू यो आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र त्यसका लागि क्यानले कानुनी पाटोमा सहयोग गरिदिन भनेको बताए ।

१७ वर्षीया बालिका बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले विदेशमा भएको म्याच सकिएपछि नेपाल फर्किने बताएका छन् । सन्दीप लामिछाने अहिले क्यारेबियन लिगका लागि वेस्ट इन्डिजमा छन् । उनीविरुद्ध बलात्कार आरोपमा मुद्धा दर्ता भएको छ । उनीविरुद्ध १७ वर्षकी किशोरीले बलात्कारको मुद्दा दर्ता गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us