बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं। झापामा एक पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरेको छ ।

भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us