काठमाडौं। नेप्से परिसुचक सामान्य अंकले ओरालो लाग्दा सूचक २.१३ अंकले घटेर १९३७.७४ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ०.५४ अंकले घटेर ३७६.८४ विन्दुमा झरेको छ।
आज १ अर्बमाथिको सेयर कारोबार भएको छ। हिजो बुधबार ८२ करोड बराबरको सेयर कारोबार भएको थियो। आज २२७ कम्पनीको ३४ लाख १ हजार ६९२ कित्ता सेयर १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६०० रुपैयाँमा कारोबार भयो।
आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन। कारोबार रकमका आधारमा हिमालयन एभरेस्ट इन्स्युोरेन्स शीर्षस्थानमा रहयो। सो कम्पनीको १३ करोड बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको सूचक बढ्यो भने ७ को घट्यो। फाइनान्स समूहको सर्वाधिक १.३७ प्रतिशतले बढ्दा डेभलपमेन्ट बैंकको १.०८ प्रतिशतले बढ्यो। अदर्श समूहको १.३३ प्रतिशतले घट्यो।