बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ ।  स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेका थिए । पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको बीबीसीले जनाएको छ ।

सन् १९५२ मा महारानी भएकी एलिजाबेथ द्वितीय बेलायतमा सबैभन्दा लामो समय राज्य गर्ने महारानी हुन् । उनले ७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेका थिए । उनको जन्म सन् १९२६ अप्रिल २१ मा मेफेयर लण्डनमा भएको थियो ।

बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेका थिए ।

यसैबीच महारानी एलिजाबेथको निधनपछि परम्परा अनुसार प्रिन्स चाल्र्स ७३ वर्षको उमेरमा राजा घोषित भएका छन् । उनकी पत्नी क्यामेला महारानी बनेकी छिन् । बेलायतमा महारानीको शासन व्यवस्था छ । नव घोषित राजा र रानी शुक्रवार लण्डन फर्केर महारानी एलिजाबेथको राजकीय अन्त्येष्टिको तयारीमा ज्ुट्ने बघिंगम दरबार स्रोतले बिबिसीलाई बताएको छ । साथै उनले शुक्रवारबाट नै राजकीय सत्ता शासन पनि सम्हाल्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *