काठमाडौं । दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा बाढीले ११ जना बेपत्ता भएका छन् ।
गएरातीदेखिको अविरल वर्षासँगै आएको बाढीका कारण एक दर्जन बढी घरहरू बगेका छन्। यस्तै एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।
मगरका अनुसार हाल पानी पर्न रोकिएपछि उद्धार कार्य जारी रहेको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ।