काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छोटो समयमै एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताउनुभएको छ ।
मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको चन्द्रौटामा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा समानुपातिकमा पार्टीले २० लाख मत पाउने दाबी समेत गर्नुभयो ।
गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उहाँले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गर्नुभयो ।
अध्यक्ष नेपालले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभयो । त्यसैले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।