अध्यागमनको कालोसूचीमा सन्दीप लामिछाने

काठमाडौं। सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले कालोसूचीमा राखेको छ । गत मंगलबार बलात्कार आरोपमा जाहेरी परेसँगै राष्ट्रिय टिमबाट निलम्बनमा परेका क्रिकेटर कप्तानलाई अध्यागमनले कालोसूचीमा राखेको हो ।

हाल विदेशमा रहेका उनलाई विमानस्थलबाटै पक्राउ गर्नका लागि कालोसूचीमा राखिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले २३ भदौमा अनुमति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *