चिनियाँ राष्ट्रपति सीद्वारा बेलायतका नयाँ राजा चार्ल्स तृतीयलाई बधाई

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिन फिङले शनिबार बेलाइती राजा चार्ल्स तृतीयलाई गद्दीआरोहणका उपलक्ष्यमा बधाई सन्देश पठाउनु भएको छ।

सो अवसरमा राष्ट्रपति सीले यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको सन्दर्भ स्मरण गर्नुभयो।

चिनियाँ राष्ट्रपतिले राजा चार्ल्स तृतीयसँग दुई देशका जनताबीच थप आपसी समझदारी र मित्रता अभिवृद्धि गर्न मैत्रीपूर्ण गतिविधि आदानप्रदान गर्दै पारस्परिक लाभ विस्तार गर्न आफू तयार रहेको बताउनु भयो।

उहाँले   विश्वव्यापी मुद्दाहरूमा आपसी समझदारी सुदृढ पारेर अगाडि बढ्न आफू प्रयत्नशील रहेको समेत बताउनुभयो । उहाँले यस्ता गतिविधिबाट दुई देश र सिङ्गो विश्वमा समेत विकास र शान्तिलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *