काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपालले शंखरापुर काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ को रणनीतिक सडकको शिलान्यास गर्नुभएको छ । साँखुमा आयोजित एक कार्यक्रममा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ को रणनीतिक सडकको शिलान्यास गर्नुभएको हो।
२० करोड लगानीमा बन्न लागेको सो सडकको निर्माण कार्य आजबाट सुरु भएको हो। काठमाडौंको साँखुदेखी शंखरापुर नगरपालिका वडा नं २ को पटापसम्म २ अर्व लागतमा डिपिआर गरिएको सो सडकको पहिलो चरणको ठेक्काबाट करिव ४ किलोमीटर सडक कालोपत्र हुनेछ ।
सो सडकले शंखरापुर नगरपालिकाका वडा नं ७,८, ४ र २ छुनेछन । देशभरका १६५ वडा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये काठमाडौं २ मा उक्त सडक बन्न लागेको हो।