काठमाडौं। सरकारले आगामी एक दशक भित्र वार्षिक ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यसका लागि सन् २०२३ देखि २०३२ सम्म ‘पर्यटन दशक’ घोषणा गरेर दिगो पर्यटन विकासमा अगाडि बढ्ने पर्यटन मन्त्रालयको तयारी छ ।
देशको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन दशक अवधारणा अगाडि बढाएको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताउनु भयो । पर्यटन दशक अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डले आइतबार आयोजना गरेको अन्तक्र्रियामा उनले समग्र पर्यटन क्षेत्रको विकासका लागि सरकारसँगै निजी क्षेत्र पनि अग्रसर हुनुपर्ने बताउनु भयो । एक दशकमा पर्यटन क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा १० प्रतिशत योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
कार्यक्रममा पर्यटन दशकको अवधारणापत्र प्रस्तुत गर्दै पर्यटनसचिव सुरेश अधिकारीले पर्यटकको बसाइ २० दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च पनि एक सय २५ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको बताउाु भयो । सन् २०२१ मा पर्यटकको औसत बसाइदर १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ डलर रहेको आर्थिक सवेक्षण ०७८र७९ मा उल्लेख छ ।