छैटौं साफ महिला च्याम्पियनसिप आज नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। छैटौं साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा आज साँझ नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा स्थान बनाउन नेपाललाई यस खेल निकै महत्वपूर्ण छ । समूह बीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो । आज श्रीलङ्कालाई हराउन सके नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । दशरथ रङ्गशालामा ५ः३० बजे सुरु हुने खेलमा नेपाल जितको लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ ।

यसअघि नेपाल र श्रीलङ्काबीचको खेलमा नेपाल हावी हुँदै आएको छ । दुई टोलीबीच यसअघि भएको ६ खेलमा नेपालले ६ वटैमा जित निकालेको थियो । श्रीलङ्कालाई पनि सेमिफाइनलमा स्थान बनाउन नेपाललाई फराकिलो गोल अन्तरले पराजित गर्नुपर्ने बाध्यता छ । श्रीलङ्का पहिलो खेलमा भुटानसँग ५-० गोलले पराजित भएको थियो । अहिले समूहमा नेपाल र भुटानले तीन तीन अङ्क बनाएका छन् । श्रीलङ्काले अङ्कको खाता खोलेको छैन ।

समूह एबाट साविक विजेता भारत र बङ्गलादेशले यसअघिनै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । सात टोली सहभागी च्याम्पियनसिपबाट माल्दिभ्स र पाकिस्तान बाहिरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *