काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आजदेखि धनगढी पुगेर २० औँ सत्याग्रह सुरु गर्ने हुनुभएको छ । आज दिउँसो ५ बजेदेखि सत्याग्रह सुरु गर्नेगरी आफू अहिले नै फ्लाइटमार्फत् धनगढी जान लागेको डा. केसीले बताउनु भयो ।
“हिजोसम्म सरकारको तर्फबाट मागहरुमाथि केही सम्बोधन हुन्छ कि भनेर कुरेँ । तर, रेस्पोन्स नआएपछि आजै धनगढी जाँदैछु,” डा। केसीले भन्नुभयो, “कुन अस्पतालमा बस्ने भन्ने त्यहीँ पुगेपछि टुंगो लाग्नेछ ।” केसीले पछिल्लो समय सरकारसँग सात बुँदे माग राख्दै आउनु भएको थियो । यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै दुई साताका लागि स्थगित गर्नुभएको थियो।