काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै दिन १२ वटा निर्माण कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखेको छ ।
कालोसूचीमा परेका कम्पनीहरुमा दुग्ध विकास संस्थानको सिफारिसमा वीरगञ्जमा रहेको देवेन्द्र तेल उद्योग, भैरवी गाउँपालिका कार्यालय दैलेखको सिफारिसमा अछाममा रहेको धर्यता निर्माण कम्पनी, काठमाडौं उपत्यका विकास प्राधिकरणको सिफारिसमा एमरएस किसान रक्तकालिका उावर क्वालिटी जेभी कम्पनी रहेका छन् ।
त्यस्तै, कार्यालयले कीर्तिपुर नगरपालिकाको सिफारिसमा नायँ बानेश्वरमा रहेको श्री माँ हर्कादेवी विल्डर्स प्रालि, शरी विकास तथा भवन निर्माण विभागको सिफारिसमा पर्सामा रहेको प्यासेफिक कन्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि, कृषि विकास निर्देशनालय दिपायलको सिफारिसमा पृथ्वी कन्ट्रक्सन, वर्दगोरिया गापा वडा नं ४ कैलाली र मधेश प्रदेशको सिफारिसमा जनकपरमा रहेको रन्नु भन्नु कन्ट्रक्सन एण्ड सप्लायर्सलाई पनि कालेसूचीमा राखेको छ ।
यसैगरी, अमरज्योति माध्यामिक विद्यालय नुवाकोटको सिफारिसमा तारकेश्वरमा रहेको रोज कन्ट्रक्सन, सानोभेरी गाउँपालिकाको सिफारिसमा रुकुममा रहेको सानोभेरी निर्माण सेवालाई पनि कार्यालयले एक वर्षका लागि कालोसुचीमा राखेको छ ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालायको सिफारिसमा लामारच्याङ्गमिलारसुन्दरी जेभी, लामा विल्डर्स कम्पनी, च्याङ्गमिला कन्ट्रक्शन कम्पनी प्रालि र सुन्दरी निर्माण सेवा प्रालिलाई कार्यालयले एक वर्ष छ महिनाको लागि कालोसूचीमा राखेको छ ।