काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई एकैसाथ पुरस्कृत गरेको छ । प्रतिष्ठानले सोमबार एक समारोहबीच प्रज्ञा पुरस्कारहरू एवम् राष्ट्रिय कविता महोत्सव-२०७८ का विजेताहरुलाई पुरस्कारहरू वितरण गरेको हो । प्रज्ञा पुरस्कारबाट ८ जना र राष्ट्रिय कविता महोत्सव-२०७८ काबाट ५ जनालाई राष्ट्रपति विद्यादेवि भण्डारीले खादासहित पुरस्कार हस्तारण गर्नुभयो।
प्रा. विद्यानाथ उपाध्याय भट्ट ‘नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार -२०७९’ बाट पुरस्कृत भए भने राष्ट्रिय कविता महोत्सव-२०७८ को पहिलो हुने टीका आत्रेय लगायतका दोस्रो तेस्रो हुने कविहरु पुरस्कृत भए । राष्ट्रपति भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ को सार्वजनिकीकरण समेत गर्नुभयो ।