नेविसंघद्वारा त्रिवि क्याम्पस कीर्तिपुरका सबै समितिहरू भंग

काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरका सबै समितिहरू भंग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शर्पाले विज्ञप्ति जारी गर्दै अधिवेशन गर्नुपर्ने देखिएकाले विश्वविद्यालय क्याम्पसका सबै कमिटी विघटन गरिएको जानकारी गराउनु भएको छ।

‘संगठनलाई एकढिक्का बनाइ थप सशक्त र संगठित गर्नुपर्ने दायित्व केन्द्रीय समितिको रहेको हुनाले सोही बमोजिम त्रिविमा सक्रिय साथीहरूसँगको निरन्तर छलफल संवाद र अन्तरक्रियाको मर्मअनुसार यथाशीघ्र नेविसंघ त्रिवि समितिको अधिवेशन गर्नुपर्ने देखिएको छ’ जारी विज्ञप्तिमा भनिएको छ । उहाँले केन्द्रीय प्रतिनिधि खटाएर क्याम्पस अधिवेशन गरिने पनि जानकारी गराउनु भएको छ। कीर्तिपुरमा रहेका नेविसंघका समितिहरू तालाबन्दीसहितको विषयमा विवादमा पर्दै आएका थिए । असार २७ देखि तालाबन्दी खोल्नका लागि नेविसंघमाथि तीव्र दवाव पर्दै आएको थियो ।

साथै उक्त विषय संसद्‍मा समेत उठाइएको थियो । यसैबीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आन्दोलनकारीहरूसँग असन्तुष्ट रहँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *