काठमाडौ। सेयर बजारको परिसूचक नेप्से सोमबार १३.५४ अंक घटेर १९१२ अंकमा कायम भएको छ । कुल ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार करिब ७५ करोडको कारोबार भएको थियो । कुल २८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने १२ को स्थिर रह्यो ।
बैंकिङ ५, विकास बैंक १४, फाइनान्स १७, होटल तथा पर्यटन ६, जलविद्युत् ३०, जीवन बीमा ५२, उत्पादन १३, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ४६, अन्य २३ र ब्यापार उपसमूह ७ अंक घटे । युनाइटेड इदी मर्दीको मूल्य सबैभन्दा धेरै ४ प्रतिशत बढ्यो भने सामुदायिक लघुवित्तको ५।८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नबिल बैंक, रिडी पावर, हिमालयन डिस्टिलरी, अपी पावर र पुनर्बीमा कम्पनी क्रमशस् अगाडि रहे ।