केपी ओली र ली चान्सुबीच भेटवार्ता

काठमाडौं। नयाँ बानेश्वरस्थित संसद भवनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुबीच भेटवार्ता भएको छ।

एमाले प्रतिनिधि मण्डल र ली नेतृत्व प्रतिनिधिमण्डलबीच आपसी सहयोग र द्विपक्षीय हितका बारेमा छलफल भएको छ। ओलीलाई भेट्नुअघि लीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेट्नु भएको थियो। चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आउनु भएका चान्सुले सोही दिन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको तियो। सोही क्रममा सभामुख सापकोटा र ली चान्सुले नेपाल र चीनबीचअन्तर संसदीय सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *