नेपाल सरकारले पाकिस्तानलाई राहतस्वरुप अत्यावश्यक मानवीय सहायता सामग्री पठायो

काठमाडौं। नेपाल सरकारले विपद्‌मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ। पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ए तीन सय ३० जहाजमार्फत् पाकिस्तानको कराँची सहर पठाइएको हो।

पाकिस्तानका बाढीपीडितलाई उपलब्ध गराइएको राहत सामग्रीमा अत्यावश्यक औषधि, खाद्यवस्तु, लत्ताकपडालगायत छन्। ती सामग्री कराँचीस्थित जिना अन्तर्राष्ट्रिय विमानस्थमा पाकिस्तान सरकारका सम्बद्ध पदाधिकारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्ने कार्यक्रम छ। पाकिस्तानमा हालै आएको मनसुनी वर्षापछिको विनाशकारी बाढीले ठूलो जनधनको क्षति भएकामा उक्त बाढीले पुर्‍याएको क्षतिप्रति समवेदना प्रकट गर्दै नेपाल सरकारको तर्फबाट पाकिस्तान सरकार तथा जनतालाई सहायतास्वरुप सामग्री पठाउने निर्णय यही भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *