२१.३० अंकले बढ्यो नेप्से

काठमाडौं। केहीदिन यताको लगातार गिरावटलाई ब्रेक गर्दै सेयर बजार परिसूचक नेप्से मंगलबार २१ अंकमाथिको वृद्धि भएको छ । मंगलबार नेप्से सूचक २१.३० अंकले वृद्धि हुँदै १९३४.०४ अंकमा उक्लिएको हो ।

तर, कारोबार रकममा भने खासै प्रगति हुन सकेको छैन । मंगलबार २१ अंकले बढेको बजारमा जम्मा ९२ करोड २५ लाख ७४ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । यद्यपि, आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २।१३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूहको उपसूचक सरदर एक प्रतिशतले बढेका छन् । आज बोटलर्स नेपालका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने नेपाल बैंक डिभेन्चर्सका लगानीकर्ताहरुले ९।५९ प्रतिशतले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *