समाजवादी प्रेस संगठनको कार्यवाहक अध्यक्षमा विश्वमणि सुवेदी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार संगठन समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी कार्यवाहक अध्यक्ष तोकिएका छन् ।

मंगलबार विहान अमेरिका प्रस्थान गरेका संगठनका अध्यक्ष शम्भु श्रेष्ठले सुवेदीलाई आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

व्यक्तिगत कामको सिलसिलामा आफू अमेरिका जान लागेको बताउँदै श्रेष्ठले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा संगठन गर्नुपर्ने प्रचार कामसहित विभिन्न सांगठानिक जिम्मेवारीको नेतृत्व गर्नका निम्ति सुवेदीलाई कार्यवाहक तोकेको बताए ।

निर्वाचनमा श्रेष्ठ स्वयं पनि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीका लागि प्रस्तावित भएका छन् । दुई महिनाको अमेरिका भ्रमणबाट फर्किएपछि उनले पुनः नियमित काम सम्हाल्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *