अमेरिकी राजदूत र्याण्डी बेरीकाे बिदाई भेट

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएकाे छ।

आज (बुधबार) दाहाल निवास खुमलटार पुगेर राजदूत बेरीले बिदाई भेटवार्ता गर्नुभएकाे हाे । आफ्नो कार्यकाल सकेर राजदूत बेरी स्वदेश फर्किनुअघि राजनीतिक दलका नेताहरुसँग विदाई भेटवार्ता शुरु गर्नुभएकाे हाे। राजदूत बेरी र दाहालबीचको भेटवार्तामा दाहालले राजदूत बेरीको सफल कार्यकालको लागि बधाई दिनुभएकाे थियाे ।

अध्यक्ष दाहालको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘अध्यक्ष कमरेड प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत महामहिम रेन्डी बेरीबीच आज बिहान अध्यक्ष निवास खुमलटारमा बिदाई भेट भयो। अध्यक्ष कमरेड प्रचण्डले राजदूत बेरिको सफल कार्यकालको लागि हार्दिक बधाई दिनुको साथै नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us