कञ्चनपुर । मानव विकासको वर्तमान अवस्ता र यसको प्रभाव तथा सुदृढिकरणका लागि कसरी काम गर्न सकिन्छ भन्ने उद्देश्यले युएनडीपीले मानव विकास प्रतिवेदन २०२१–२२ सार्वजनिक गरेको छ। सुदूरपश्चिमाञ्चल विश्व विद्यालयसँगको साझेदारीमा सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रतिवेदन सार्वजनिक गरिएको हो।
युएनडिपीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसँगको साझेदारीमा मानव विकास प्रतिवेदन ‘अनिश्चित समय, अस्थिर जीवन : परिवर्तित विश्वमा हाम्रो भविष्य’ सार्वजनिक कार्यक्रम धनगढीमा आयोजना गरिएको हो । बदलिदो विश्व परिवेशसँगै मानव जीवनमा सकारात्मक परिवर्तनकोको सट्टा विभिन्न विपदको सामना गर्नु परेका कारण मानव सिवकासमा ठुलो नकारातमक प्रभाव परेको प्रतिवेदनले देखाएको छ । बढ्दै गइरहेकोे विश्वव्यापी उथलपुथलले ९० प्रतिशत देशहरूमा मानव विकासमा भएको प्रगतिलाई अप्रत्याशित रुपले उल्ट्याउने काम गरेको प्रतिवेदनले देखाउको छ । जलवायू परिवर्तन, कोभिड महामारी तथा रुष युक्रेन युद्ध जस्ता विभिन्न विपद्हरुले मानव प्रगतिलाई उल्टो दिशामा धकेली रहेको हुदा मानव जिवनलाई विकासको बाटोमा डोर्याउन तथा सफलता तिर लैझान लगानी, बीमा र नवप्रवर्तनका तीन वटा क्षेत्रहरु संगै नेपालको हकमा समावेसिकरणको सिद्धान्तलाई लाई समेत अंगालेर अघि बढ्नु पर्ने युएनडिपि सुदुरपश्चिम प्रदेश प्रमुख वैजयन्ती गिरिले बताउनु भयो ।
लगातार मानव विकासले उल्टो गति लिनाले मानव विकासमा यस अघि कहिल्यै नदेखिएको स्तरमा धक्का परेको प्रतिवेदनमा देखाईएको छ । युएनडीपीले सार्वजनिक गरेको उक्त प्रतिवेदनबारे सुदूरपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. पदमराज जोशीले प्रस्तुतिकरण दिनुभएको थियो। विभिन्न मापदण्ड पूरा गरेर उक्त प्रतिवेदन प्रस्तुत गरिएको बताउँदै डीन गरिएको जोशीले मानिसको सभ्य जीवनयापनको मापदण्ड पूरा गर्न शिक्षाको मूल आवश्यक्ता रहने बताउनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री दीर्घ सोढारीले युएनडीपीले सार्वजनिक गरेको प्रतिवेदन अन्तराष्ट्रिय मान्यता प्राप्त हुने भएकाले यसलाई गाईडलाईनका रुपमा मानेर सरकारले आफ्ना विकासका कामहरुलाई अघि बढाउनु पर्ने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोढारीको प्रमुख आतिथ्यता तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. पदमराज जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रममा, युएनडिपी सुदूरपश्चिम प्रदेश प्रमुख वैजयन्ती गिरी, धनगढी उपमहानगरपालीकाका नगरप्रमुख गोपाल हमाल, प्रदेश सरकारका सचिव ज्यू लगायतका साझेदार संघ संस्थाका पदाधिकारीहरु उपस्थित रहेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश सहभागिहरुले देशमा परिवर्तन भएको भनिए पनि विभिन्न विभेदहरु अझै विद्धमान रहेको र सरकारले विभिद अन्त्य गर्न कुनै चासो नदेखाएको तथा दिगो विकास लक्ष्य हासिल गर्न सरकारले युएनडीपीले सार्वजनकि गरेको मानव विकास प्रतिवेदनको अध्ययन गर्नु पर्नेमा जोड दिनु भएको थियो।