प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा चैत महिनाभित्र भारत भ्रमणमा जाने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समन्वय भइरहेको छ । भारतीय दूतावास स्रोतले अनुसार ‘यही चैत महिनाभित्र जाने लगभग निश्चित भएको छ तर मितिको टुंगो नलागेको र मितिको बारेमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भ्रमणका क्रममा रेल उद्घाटनका साथै दुई पक्षीय आपसी चासोका विषयमा भारतीय पक्षसँग छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us