आजदेखि दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ। नेपालमा भित्रिने मोबाइल फोनहरुको गैरकानुनी आयात रोक्न आजदेखि एमडीएमएस सिस्टम लागू गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यो प्रणाली लागू भएसँगै विदेशबाट ल्याइएका सबै मोबाइल दर्ता गर्नुपर्छ। प्राधिकरणका अनुसार दर्ता नगराइएका मोबाइल सञ्चालन हुने छैनन्। भदौ ३० गतेभित्र ल्याइका मोबाइल भने यो प्रणालीमा स्वतः दर्ता हुनेछन्। भदौ ३० (बिहीबार) पछि भित्रिने मोबाइल भने अनिवार्य दर्ता गर्नुपर्ने प्राधिकरणले जनाएको छ। मोबाइको आईएमईआई नम्बर प्राधिकरणको वेबसाइटमा गएर दर्ता गराउन सकिन्छ।

यस्तै प्राधिकरणले बिहीबारपछि खरिद गर्दा मोबाइल सेट नेपाल दूरसंचार प्रणालीको एमडीएमसी प्रणाली  (mdms.nta.gov.np) मा दर्ता भए रनभएको एकिन गरेर मात्रै खरिद गर्न अनुरोध गरेको छ। मोबाइल आयातकर्ता तथा विक्रेताहरुलाई पनि दर्ता भएका मोबाइल मात्रै बिक्री गर्न प्राधिकरणले निर्देशन दिएको छ। चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *